४. मार्गदर्शक सिद्धान्त तथा उद्देश्यहरू
४.१ वैदेशिक सहायता नीति मूलतः देशको विकास सम्बन्धी नीति तथा प्राथमिकताहरूको अभिन्न अंग हो । यी दुबै एक अर्कामा घनिष्ठ रूपमा एकीकृत नभएसम्म विकास गतिविधिको प्रभावकारिता र कार्यदक्षतामा प्रतिकूल असर पर्दछ । वैदेशिक सहायता विभिन्न दातृसंस्थाहरूबाट प्राप्त गरिन्छ र प्रत्येक संस्थाका आफ्नै धारणा, नीति, कार्यविधि र प्रचलनहरू हुने गर्छन् । वैदेशिक सहायताका विविध स्रोतहरूलाई एक आपसमा मेल खाने गरी एकरूपता कायम गर्न नसकिएमा नेपालजस्तो देशले यस सम्बन्धमा धेरै
गम्भीर समस्याहरूको सामाना गर्नु पर्ने हुन्छ । दातृपक्षका फरक फरक नीति र कार्यविधिहरूमा एकरूपता ल्याउने विषयमा उल्लेख्य प्रगति भएको भएता पनि सुधार गर्नु पर्ने विषयहरू अझै धेरै छन् । खण्डित आयोजना र कार्यक्रमबाट सिर्जित समानान्तर सहायता प्रणालीलाई नेपालले धान्न सक्दैन । यसमा समावेश गरिने नीतिहरूले मुख्यतः विद्यमान समस्याका समाधानमा सुधार गर्ने आशा
गरिएको छ । यसका साथै विकास गतिविधिहरूमा नागरिक समाजको संस्थाहरूलाई संलग्न गर्न सबै किसिमका नीतिहरूको बीच तालमेल सुनिश्चित गर्नु पनि आवश्यक छ ।
४.२ यस दस्तावेजमा समाजेश भएका नीतिहरू तथा रणनीतिहरू नेपालमा वैदेशिक सहायताबाट संचालित आयोजना तथा कार्यक्रमहरूको अनुभवका आधारमा तय गरिएका हुन् । नेपाल र दातृसंस्थाहरूबीच प्रशस्त सांस्कृतिक भिन्नता रहेका छन् । कुनै एउटा देशमा ठीक हुने विषय अर्को देशमा ठीक नहुन सक्छ । एउटा अल्पविकसित देशको रूपमा नेपालसँग संस्थागत व्यवस्था र जनशक्ति दुबैको कमी छ । यसैले आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने तरिकाहरू अपनाउँदा यस्ता संस्थागत कमी कमजोरीहरूका अतिरिक्त कार्यान्वयन गर्ने अधिकारीहरूले सामना गर्ने गरेका बृहत चुनौतिहरूको बारमो विशेष ध्यान दिनु जरुरी छ । यस दस्तावेजमा समावेश भएका नीतिहरूमा यी
समस्याहरूलाई वास्तविक रूपले समेट्ने प्रयास भएको छ । निर्देशक सिद्धान्तहरू
४.३ वैदेशिक सहायताका सम्बन्धमा यहाँ उल्लेख भएका उद्देश्य तथा प्राथमिकताहरू देहायका पाँच मुलभूत सिद्धान्तहरूमा आधारित छन्ः–
पहिलो, वैदेशिक सहायता गरिबी निवारण गर्ने सर्वोपरी राष्ट्रिय उद्देश्य हासिल गर्ने तर्फ निर्देशित गरिनु आवश्यक छ । यस अन्तर्गत अर्थतन्त्रको उत्पादनशील क्षमताको अभिवृद्धिद्वारा आर्थिक वृद्धि हासिल गर्ने साथै महत्वपूर्ण सामाजिक पूर्वाधार सम्बन्धी आवश्यकतालाई सहयोग गर्ने कुराहरू पर्दछन् । साथै, विकास प्रक्रियालाई अघि बढाउने, विस्तार गर्ने र दिगो बनाउने सन्दर्भमा हालसम्म
निर्माण भएका आधारभूत पूर्वाधारहरूको अधिकतम उपयोग गर्न आवश्यक सहयोग पु¥याउने विषयहरू पनि यस अन्तर्गत पर्दछन् ।
दोस्रो, वैदेशिक सहायताको भूमिकालाई कुनै आयोजना विशेष मात्रामा सहयोग गर्ने सन्दर्भमा मात्र हेर्नु हुँदैन । क्षेत्रगत नीतिहरू अर्थतन्त्रगत नीतिका अभिन्न अंग भएका र कुनै एक दातृपक्षको सहयोगमा संचालित आयोजना तथा कार्यहरू
क्षेत्रगत नीतिसँग आवद्ध हुनु पर्ने भएकोले यिनीहरूलाई समष्टिगत अर्थतन्त्र र क्षेत्रगत तहमा हेरिनु पर्छ ।
ड्ड तेस्रो, वैदेशिक सहायता नीति विकासको लागि साधन परिचालन गर्ने समग्र नीति अभिन्न भागको रूपमा हुनेछ ।
ड्ड चौथो, वैदेशिक सहायता नीतिले सरकारी विकास सहायता को उपलब्धता र उपयोगको तहमा एवं सरकारी तथा बाह्य दुबै क्षेत्रमा बढी पारदर्शिता सुनिश्चित गराउने छ । पाँचौं, अल्पकालीन र मध्यकालीन रूपमा वैदेशिक सहायताको परिमाण र गुणात्मकता वृद्धि गरिने भएता पनि दीर्घकालीन रूपमा स्थानीय स्रोतको परिचालनमा वृद्धि गरी स्रोत परिचालनमा आत्मनिर्भरता हासिल गर्न प्रयत्न
गरिनेछ ।
उद्देश्यहरू
४.४ वैदेशिक सहायता नीति दीर्घकालीन दृष्टिकोणद्वारा निर्देशित हुनुपर्छता पनि देशको अल्पकालीन आवश्यकतालाई पनि उपेक्षा गर्न हुँदैन भन्नेमा नेपाल सरकारविश्वास गर्दछ । दीर्घकालीन हिसाबले वैदेशिक सहायता नेपालको समग्र साधन परिचालनको
स्वरूप भित्र प्रभावकारी रूपमा आवद्ध हुनपर्छ र यसले देश विकासको प्रयासमा खासगरी गरिबी निवारण गर्ने उद्देश्य हासिल गर्न सहयोग पु¥याउनु पर्छ । यो अल्पकालको लागि पनि महत्वपूर्ण छ । तर तल उल्लेख भए अनुसार केही अरू विषयमा पनि ध्यान दिई सहायताको संरचनालाई निर्देशित गर्नु पर्छ ।
४.५ यस वैदेशिक सहायता नीतिको कार्यान्वयनबाट देहाय बमोजिमका प्रमुख उद्देश्यहरू हासिल गरिनेछन्ः–
(क) वैदेशिक सहायतामा संचालित विकास गतिविधिहरूलाई राष्ट्रियस्तरमा निर्धारण गरिएका प्राथमिकताहरूसित मेल खाने गरी संचालन गर्ने सुनिश्चितता प्रदान गर्ने । वैदेशिक सहायताबाट संचालित आयोजनाहरू र राष्ट्रिय प्राथमिकताहरू बीच मेल भएपछि वैदेशिक सहायतामा संचालित क्रियाकलापहरू समग्र विकास प्रक्रियाका अभिन्न अंग हुनेछन् ।
(ख) वैदेशिक सहायताको गुणस्तर, प्रभावकारिता र दक्षता अभिवृद्धि गर्ने । नेपाल र दातृपक्ष दुबैमा आयोजना छनौट तर्जुमा, व्यवस्थापन, पुनरावलोकन, अनुगमन तथा मूल्यांकन गर्ने सन्दर्भमा उपयुक्त र व्यापक किसिमको नीति र प्रचलनलाई बढावा दिने ।
(ग) विकास गतिविधिहरूको गरिबी निवारणमा योगदान बढाउन वितरणात्मक समतामा सुनिश्चितता ल्याउँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने । यसको लागि नागरिक समाज र निजी क्षेत्रका बीचको सम्बन्धमा सुधार गर्नु पर्ने, वैदेशिक सहायता नीति र अन्य विकास नीतिहरूका बीच परिपूरकता स्थापना गर्नु पर्ने र शासकीय व्यवस्था, लैङ्गिक विषय र वातावरण जस्ता क्षेत्रमा वैदेशिक सहायता अरू दक्षताका साथ उपयोग गर्नु पर्ने हुन्छ ।
(घ) नेपाल दातृसंस्थाहरू बीच समान साझेदारीको विकास गर्न आवश्यक व्यवस्था गर्ने । यस उद्देश्यले विश्वव्यापी रूपमा देखिएको विकास सम्बन्धी साझेदारीको संवाद र संचालनको अवधारणालाई राष्ट्रिय स्तरमा कार्यरूप दिनेछ ।
४.६ अर्थतन्त्रमा तत्काल देखिएका समस्याहरू र वैदेशिक स्रोतको प्रभावकारी उपयोगमा रहेका वाधाहरूको निदानका लागि आवश्यक अल्पकालिन र मध्यकालिन नीतिहरू यसपछिको खण्डमा प्रस्तुत हुनेछन् । त्यसपछिको खण्डमा वैदेशिक सहायतालाई दीर्घकालिन रूपमा
मार्गदर्शन गर्ने नीतिहरू प्रस्तुत गरिनेछन् ।